काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाउनु भएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८ सय ८४ मत प्राप्त गर्नुभएको छ । यो मत उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएको भन्दा तीन गुनाभन्दा बढी हो ।
एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८२३ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिनुभए पनि मत भने सुनितालाई आएको हो । यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६७० मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्