जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १८:२९

गठबन्धनबाट उम्मेदवार बनेका माधव नेपालका उपाध्यक्षलाई जम्मा १ भोट


बागलुङ, जेठ बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तारानाथ शिर्पालीलेजम्मा एक मतमै चित्त बुझाउनु परेको नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बन्नुभएकाशिर्पालीलाई मतगणना सकिँदा जम्माएक मत मात्र प्राप्त भएको हो

उपाध्यक्षमा उम्मेदवारी दिनुभएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारीदिएको सत्तारुढ दलबीच जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि स्थानीय स्तरमा सहमति विपरीत नेपाली कांग्रेस माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए

उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्यालले २७ सय ६८ मत प्राप्त गरी निर्वाचित हुनुभयो उहाँका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९ सय ५८ मत प्राप्त गर्नुभएको भने जनता समाजवादी पार्टीकी गीताघर्तीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको

एक मत मात्रै आएपछि नेकपा एकीकृत समाजवादीले मतदानको दुई दिनअघि मात्र आफूहरुले उपाध्यक्षमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जिकिर गरेको यद्यपि एकीकृत समाजवादीले उपाध्यक्षलाई समर्थन गरेको भनी सार्वजनिक जानकारी गराएको थिएन

यस पालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका जोकलाल बुढा २७ सय मतका साथ निर्वाचित हुनुभएको छ। माओवादीकेन्द्रका उम्मेदवार देवबहादुर पुनले १९ सय ९५ मत प्राप्त गर्नुभएको

सत्तारुढ गठबन्धनको सहमति अनुसार उपाध्यक्षमा एकीकृत समाजवादीका शिर्पालीले उम्मेदवारी दिए पनि स्थानीय स्तरमा कार्यकर्ताअसन्तुष्ट भएको भन्दै कांग्रेसले आफ्नै उम्मेदवार उठाएको थियो