जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ००:००

कास्कीको रुपा गाउँपालिका प्रमुख–उपप्रमुखमा दोहोरिए एमालेकै ओझा र गुरुङ


पोखरा, जेठ २ । कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नवराज ओझा पुनः निर्वाचित हुनुभएको छ । गाउँपालिकाको मतगणनाको परिणामअनुसार १ हजार ६ सय १२ को मतान्तरले ओझाले कांग्रेस उम्मेदवार गीमाया गुरुङलाई पराजित गर्नुभएको हो ।

एमाले उम्मेदवार ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसकी गुरुङले ४ हजार १ सय ३७ मत पाउनु भयो । उपाध्यक्षमा पनि २०७४ मा निर्वाचित लालसुब्बा गुरुङ पुनः विजयी हुनुभएको छ । उहाँले १ हजार १ सय ७९ मतान्तरले कांग्रेसका नारायणकुमार श्रेष्ठलाई पराजित गर्नुभएको हो ।

गुरुङले ५ हजार ३ सय ३२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ४ हजार १ सय ५३ मत पाउनु भएको छ । रुपाका बहुमत वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । रुपाका ७ मध्ये ६ वटा वडामा एमालेका वडाअध्यक्ष विजयी भएका हुन । १४ हजार ६ सय ७५ मतदाता रहेको रुपा गाउँपालिकामा १० हजार ३ सय ४४ अर्थात ७०.४९ प्रतिशत मत खसेको थियो ।