जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १४:५४

बाजुराको गौमुलमा एमालेको क्लिनस्वीप, अध्यक्ष-उपाध्यक्षसहित सवै वडामा विजयी


गगन अयडी/बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा नेकपा एमालेको नेतृत्व स्थापित भएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आउँदा एमाले उम्मेदवार हरिबहादुर रोकाया अध्यक्ष र उपाध्यक्षमा सिता रोकाया थापासहित सिंगो टिम विजयी हभएका हुन ।

रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएर विजयी हुनुभयो भने काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजित हुनुभएको छ । यस्तै उपाध्यक्ष सिताले ३ हजार १ सय ९४ मत ल्याएर काँग्रेसकी उमा रोकायालाइ पराजित गर्नुभएको छ ।

उमाले १७ सय ४४ मत ल्याउनु भएको थियो । गौमुल गाउँपालिकामा ६ वटै वडा एमालेले जितेका छन। यस पालिकामा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी पार्टी शून्य भएका छन।