जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १५:३४

रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार निर्वाचित


रसुवा, जेठ २ । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केन्द्रीय सदस्य माधव अर्याल निर्वाचित हुनुभएको छ । यसअघि कांग्रेसले जितेको गाउँपालिकामा एमालेका नेता अर्याल बिजयी हुनुभएको हो ।

अर्यालले २२८७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँले निवर्तमान अध्यक्ष उपेन्द्र लम्साललाई पराजित गर्नुभएको हो । यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै चमेली गुरुङ निर्वाचित हुनुभएको छ ।

गुरुङ यसअघि २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा विजयी हुनुभएको थियो । यसपटक उहाँलाई दोहोर्याएर एमालेले उम्मेदवार बनाएको हो ।