जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १६:३५

कांग्रेसको किल्ला भत्काउँदै पालिका अध्यक्ष–उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार बिजयी


पाल्पा, जेठ २ । पाल्पाको माथागढी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका यमबहादुर चिदी मगर र उपाध्यक्षमा एमालेकै विष्णुमाया लुङ्चे निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित मगरले ६ हजार १ सय ९ मत पाउनु भएको छ भने उहाँसँग पराजीत नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित लुङ्चेले ५ हजार ८ सय ८२ मत पाउनु भएको छ । यस्ते पराजीत कांग्रेसकी विजया भट्टराईले ५ हजार ६ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

सो गाउँपालिकामा विगतमा कांग्रेसले क्लिन स्वीप गरेको थियो । त्यहीकारण यहाँ कांग्रेसले गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गरेको हो ।