पाल्पा, जेठ २ । पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले गठबन्धनलाई क्लिनस्वीप गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक हुँदा एमालेले गठबन्धनका एक जना सदस्यसमेत जित्न नदिएर क्लिनस्वीप गरेको हो ।
निर्वाचनबाट पालिका अध्यक्षमा एमालेका मुक्तबहादुर सारु र उपाध्यक्षमा तीरनकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । अध्यक्षमा सारुले ६ हजार ६ सय ५२ मत प्राप्त गरेर निर्वाचित हुँदा कांग्रेसका गोविन्द अर्यालले ३ हजार ४ सय ६६ मत पाउनु भएको छ । यसैगरी उपाध्यक्षमा तीरनले ६ हजार ६ सय ९ ल्याएर निर्वाचित हुँदा माओवादीका रामप्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गर्नुभएको छ ।
निस्दीका सात वटै वडामा पनि नेकपा एमाले विजयी भएको छ । त्यस्तै सदस्य, महिला सदस्य र दलित सदस्यमा पनि एमाले उम्मेदवार नै विजयी भएका छन । वडाध्यक्षहरूमा निस्दी १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी हुनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्