जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार ०६:३३

बाराको परवानीपुर गाउँपालिकामा लोसपालाई हराउँदै एमालेका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी


बारा,३जेठ।बाराको परवानीपुर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित रामक्षेत्री प्रसाद कुर्मिले २९१७ मत ल्याई लोसपाका जगतनारायण महतोलाई हराउनुभएको छ।

उपाध्यक्षमा एमालेकी सुगान्धीदेवी कनुइनले ३२३२ मत ल्याइ विजयी हुदा लोसपाकी सावित्री देवी २३८७ मत ल्याई पराजित हुनुभएको छ।