जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार ०८:५४

दोलखाको मेलुङ गाउँपालिकामा एमालेका हिरा थोकर र गायत्री आचार्य म विजयी


दोलखा, जेठ ३ । दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरा थोकर विजयी हुनु भएको छ । उहाँले ४ हजार ८ सय १२ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्धन्द्धी एकीकृत समाजवादीका उम्मेदवार रविन्द्र कार्कीको ३ हजार १ सय २६ मत पाउनु भएको छ ।

यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकी गायत्री आर्चाय विजयी हुनु भएको छ । उहाँ ४ हजार ४ सय ४३ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका भक्त बहादुर तमाङलले २ हजार ५ सय २५ मत प्राप्त गर्नु भएको छ ।

मेलुङ गाउँपालिकामा नेकपा एमालेबाट वडा नम्बर एकमा ईश्वर कोइराला, ३ मा बसन्त लामा, ४ मा सोम बहादुर बोम्जन, ७ मा नवराज खड्का, वडा नम्बर ५ मा माओवादी केन्द्रबाट ललित थापा मगर र वडा नम्बर २ मा एकिकृत समाजवादीबाट रामकृष्ण भण्डारी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ६ को मत गणना अन्तिम चरणमा पुगेको छ ।