जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १०:०६

उद्योगमन्त्री दिलेन्द्र बडुको जिल्लामै कांग्रेस पत्तासाफ


दार्चुला, जेठ ३ । दार्चुलाको नौ स्थानीय तहमै कांग्रेस पत्तासाफ भएको छ। दार्चुलाको नौ वटै स्थानीय तहमा सत्ता गठबन्धन माओबादीकेन्द्रसँग गठबन्धन गरेको कांग्रेसले यसअघि आफूले जितेको नगरपालिकासमेत गुमाएको छ । 

कांग्रेसले ०७४ मा जितहात पारेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका, दुँहु गाउँपाालिका, माालिकार्जुन गाउँपालिका र ब्यास गाउँपालिकासमेत गुमाएको हो ।

दुबै नगरपालिकामा माओवादीको उम्मेदवार थिएनन् । मेयर र उप–मेयर दुबैमा कांग्रेलले उम्मेदवारी दिएका थियो । तर

दुबै नगरपालिकासहित तीन वटा गाउँपालिका एमालेले जितेको छ । महाकालीमा कांग्रेसका हंसराज भट्टलाई हराउँदै एमालेका नरसिंहचैसिर विजयी हुनुभएको छ । भट्टले ३ हजार ८८७ मत ल्याउदा चैंसेरले ५ हजार ३ मत ल्याएर विजयी हुनुभएको हो ।

त्यस्तै शैल्यशिखर नगरपालिकामा कांग्रेसका अमर सिंह धामीलाई हराउँदै एमालेका विजय धामीले नगरप्रमुखमा जित्नु भएकोछ। कांग्रेसका अमर धामीले ४ हजार ६६२ मत ल्याउदा एमालेका विजय धामीले एकहजार बढी ५ हजार ५०९ मत ल्याएर विजयीहुनुभएको हो ।

कांग्रेसबाट हार्ने दुबै निवर्तमान मेयर हो । नगरपालिका बाहेक एमालेले मालिकार्जुन गाउँपालिकामासमेत जीतहात पारेको छ ।मालिकार्जुनमा एमालेका हिरा धामी विजयी हुनुभयो। 

यसअघि कांग्रेसलेनै जितेको उक्त गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र धामी पराजीत हुनुभएको हो । त्यस्तै दुहुँ गाउँपालिकामा पनिएमालेले जित हात पारेको छ । यहाँ एमालेका नरेन्द्र बडाल बिजयी  हुनुभएको छ । उहाँले नेपाली का‌ग्रेसका निवर्तमान अध्यक्ष पुलेन्द्रकार्कीलाइ पराजित गर्नुभएको हो । ब्यास गाउँपालिकामा म‌‌गल सिंह धामी बिजयी हुनुभएको हो । उहाँले  निवर्तमान पालिका अध्यक्षनेपाली का‌ग्रेसका दिलिप बुढाथोकीलाई पराजित गर्नुभएको हो ।

गठबन्धनबाट चार पालिका प्रमुख पाएको माओवादी केन्द्रले भने चारवटै पालिकामा जित हात पारेको छ । 

जिल्लाको लेकम, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा माओवादीले जित हात पारको हो । लेकममा माओवादीका रामदत्त जोशी, नौगाडमा जलजितसिंह धामी, मार्मामा जमनसिंह धामी र अपिहिमालमा भगत सिंह ठेकरे बिजयी हुनुभएको छ ।

मार्मा गाउँपालिका बाहेक ०७४ को स्थानीय चुनावमा लेकम, नौगाड, र अपिहिमाल एमाले विजयी भएको थियो । यो पालि भनेमाओवादीले बाजी मारेको हो । कांग्रेस पत्तासाफ भएको छ ।