जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १०:०६

उद्योगमन्त्री दिलेन्द्र बडुको जिल्लामै कांग्रेस पत्तासाफ


दार्चुला, जेठ दार्चुलाको नौ स्थानीय तहमै कांग्रेस पत्तासाफ भएको छ। दार्चुलाको नौ वटै स्थानीय तहमा सत्ता गठबन्धन माओबादीकेन्द्रसँग गठबन्धन गरेको कांग्रेसले यसअघि आफूले जितेको नगरपालिकासमेत गुमाएको  

कांग्रेसले ०७४ मा जितहात पारेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिका शैल्यशिखर नगरपालिका, दुँहु गाउँपाालिका, माालिकार्जुन गाउँपालिका ब्यास गाउँपालिकासमेत गुमाएको हो

दुबै नगरपालिकामा माओवादीको उम्मेदवार थिएनन् मेयर उपमेयर दुबैमा कांग्रेलले उम्मेदवारी दिएका थियो तर

दुबै नगरपालिकासहित तीन वटा गाउँपालिका एमालेले जितेको महाकालीमा कांग्रेसका हंसराज भट्टलाई हराउँदै एमालेका नरसिंहचैसिर विजयी हुनुभएको भट्टले हजार ८८७ मत ल्याउदा चैंसेरले हजार मत ल्याएर विजयी हुनुभएको हो

त्यस्तै शैल्यशिखर नगरपालिकामा कांग्रेसका अमर सिंह धामीलाई हराउँदै एमालेका विजय धामीले नगरप्रमुखमा जित्नु भएकोछ। कांग्रेसका अमर धामीले हजार ६६२ मत ल्याउदा एमालेका विजय धामीले एकहजार बढी हजार ५०९ मत ल्याएर विजयीहुनुभएको हो

कांग्रेसबाट हार्ने दुबै निवर्तमान मेयर हो नगरपालिका बाहेक एमालेले मालिकार्जुन गाउँपालिकामासमेत जीतहात पारेको मालिकार्जुनमा एमालेका हिरा धामी विजयी हुनुभयो। 

यसअघि कांग्रेसलेनै जितेको उक्त गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र धामी पराजीत हुनुभएको हो त्यस्तै दुहुँ गाउँपालिकामा पनिएमालेले जित हात पारेको यहाँ एमालेका नरेन्द्र बडाल बिजयी  हुनुभएको उहाँले नेपाली का‌ग्रेसका निवर्तमान अध्यक्ष पुलेन्द्रकार्कीलाइ पराजित गर्नुभएको हो ब्यास गाउँपालिकामा म‌‌गल सिंह धामी बिजयी हुनुभएको हो उहाँले  निवर्तमान पालिका अध्यक्षनेपाली का‌ग्रेसका दिलिप बुढाथोकीलाई पराजित गर्नुभएको हो

गठबन्धनबाट चार पालिका प्रमुख पाएको माओवादी केन्द्रले भने चारवटै पालिकामा जित हात पारेको  

जिल्लाको लेकम, नौगाड, मार्मा अपिहिमाल गाउँपालिकामा माओवादीले जित हात पारको हो लेकममा माओवादीका रामदत्त जोशी, नौगाडमा जलजितसिंह धामी, मार्मामा जमनसिंह धामी अपिहिमालमा भगत सिंह ठेकरे बिजयी हुनुभएको

मार्मा गाउँपालिका बाहेक ०७४ को स्थानीय चुनावमा लेकम, नौगाड, अपिहिमाल एमाले विजयी भएको थियो यो पालि भनेमाओवादीले बाजी मारेको हो  कांग्रेस पत्तासाफ भएको