अछाम, जेठ ३ । अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी निर्वाचित हुनुभएको छ । बिसीले ३ हजार ५२३ मत पाउनु भएको छ ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाउनु भएको छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका मन बहादुर वयकले ३ हजार ९१ मत पाउनु भएको छ ।
उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही निर्वाचित हुनुभएको छ । ३ हजार ५०१ मत पाउनु हो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत पाउनु भएको छ। तेस्रो स्थानमा रहेकी राप्रपाकी धर्माकुमारी बुढाले ३८ मत पाउनट भएको छ ।













प्रतिक्रिया दिनुहोस्