जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार ११:१२

तनहुँको भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी


तनहूँ, जेठ ३ । तनहुँको भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो ।

नगर प्रमुखमा एमाले उम्मेदवार दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत प्राप्त गरी उपबिजेतामा चित्त बुझाउनु परेको छ ।

भिमाद नगरपालिकाको २, ३, ७, ८ र ९ वडा एमालेले जित्दा १, ४, ५ र ६ कांग्रेसले जितेको छ । कूल २४ हजार ८८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो ।