जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १२:००

लमजुङको बेंसीसहर नगरपालिकामा एमालेका अर्याल विजयी, यी हुन वडाध्यक्ष


लमजुङ, जेठ ३ । लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि ५ बर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका गुमानसिंह अर्याल पुनः ५ बर्षका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । शिक्षक पेशा त्योगेर उम्मेदवारी दिनुभएकि पद्मा गुरुङ उपप्रमुखमा निर्वाचित हुनुभएको छ । दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।

२०७४ को स्थानीय तह चुनावमा कांग्रेसका तत्कालीन सभापति भेषबहादुर पौडेललाई २ सय ९७ मतले हराउनु भएका गुमानसिंहले यसपटक सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराउनु भएको छ । त्यो वर्ष एमाले–माओवादी केन्द्र चुनावी तालमेल थियो ।

यसपटक एक्लै जित्नु भएका अर्यालले ९ हजार ४ सय ७९मत पाउनु भएको छ । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिजंग तामाङलाई ४ हजार १५ मतले हराएका पदमाले ८ हजार ७ सय १४ मत पाउनु भएको छ । श्रीकान्तले ७ हजार ४ सय ७१ मत र हरीजंगले ४ हजार ६ सय ९९ मत पाउनु भएको छ ।

गठबन्धनबाट असन्तुष्ट बागी उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा १ हजार ६ सय १५ मत पाउनु भयो । प्रमुखमा राप्रपाका अजितबहादुर अधिकारीले १ सय ४६ मत पाउनु भएको छ । यस्तै  नेश्नल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ मत र जसपाका बलबहादुर रानाले ४३ मत पाउनु भएको छ ।

उपप्रमुखमा राप्रपाका मेनुका कार्कीले १ सय ४८ मत र मंगोल नेश्नल अर्गनाइजेशनका पदममाया गुरुङले ४८ मत पाउनु भएको छ।

बेंसीसहर नगरपालिकामा ११ वटा वडा रहेकोमा एमालेबाट वडा नं. १ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, वडा नं. ७ मा ऋषि बस्नेत, वडा नं. ८ मा पवित्रा थापा राना, वडा नं. १० मा गंगाबहादुर थापा र वडा नं. ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नं. ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापा बिजयी हुनुभयो ।

सत्ता गठबन्धनबाट कांग्रेसतर्फ वडा नं ४ मा गमबहादुर गुरुङ र वडा नं. ९ मा खुसीजंग गुरुङ वडाध्यक्षमा निर्वाचितहुनुभएको छ । माओवादी केन्द्रबाट वडा नं. ३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।