मोरङ, जेठ ३ । प्रदेश १ कै एक मात्र महानगरपालिका विराटनगरमा एमालेबाट उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीले फराकिलो अग्रता कायम गर्नुभएको छ ।
पाँच दलीय गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवकै पुत्र प्रतिस्पर्धी रहेको बिराटनगरको उपमेयरमा कार्कीले फराकिलो मतान्तरमा अग्रता लिनुभएको हो । मेयर एमालेबाट उम्मेदवार बन्नुभएका सागर थापा मतगणनाका क्रममा निरन्तर पछि परिरहँदा उमपेयरकी उम्मेदवार कार्की भने निरन्तर अगाडि देखिनुभएको हो । कार्कीले हालसम्म ७६४६ मतसहित अग्रता कायम राख्नुभएको छ ।
एमालेको बिराटनगर महानगरको उपाध्यक्ष रहनुभएकी कार्कीले गठबन्धनका जसपा उम्मेदवार अमरेन्द्र यादवलाई सुरुदेखि नै पछाडि पार्नुभएको छ । चुनावमा आइरहेको परिणामलाई कार्कीले आफ्नो अनुमानअनुसार नै रहेको बताउनु भएको छ । कार्कीकै शब्दमा भन्दा विपक्षीहरूले पार्टी–पार्टीबीच गठबनधन गर्दा उहाँले महानगरवासी मतदातासँग गठबन्धन गर्नुभएको थियो ।

बिराटनगरमा गठबन्धनका नागेश कोइरालाले हालसम्म ९ हजार मत कटाउनु भएको छ भने उपमेयरका उम्मेदवार अमरेन्द्रको ५ हजार पनि पुगेको छैन । यादवले अहिलेसम्म ४८४४ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्