काठमाडौं, जेठ ३ । नेकपा एकीकृत समावादीले स्थानीय तह निर्वाचनमा आफ्ना पक्षमा सकरात्मक परिणाम नआएको निष्कर्ष निकालेको छ । आज दिउँसोसम्म प्राप्त विवरणपछि नेकपा एसले यस्तो निश्कर्ष निकालेको हो ।
नेकपा एसका अध्यक्ष माधव नेपालले आफूहरुले अपेक्षा गरेजति नतिजा नआएको र गठबन्धन नफापेको बताउनु भयो र आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेपालले गठबन्धका घटकहरुले पनि राम्रो सहकार्य नगरेको आरोप लगाउनु भयो । ‘अलिहेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन, अझैं पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं । हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन,’ नेपालले भन्नुभयो ।
उहाँले निर्वाचन परिणाम र गठबन्धनको सहकार्यबारे पनि गम्भीर समीक्षा हुने बताउनु भयो । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौं, हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्ने छौं । हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटी गर्यौं त्यसको समीक्षा गर्ने छौं,’ अध्यक्ष नेपालले भन्नुभयो । उहाँले गठबन्धनबाट आफूहरुलाई खासै फाइदा नगपुगेको बताउनु भयो । नेकपा एसले हालसम्म आधा दर्जन पालिकामा समेत अध्यक्ष जित्न सकेको छैन ।













प्रतिक्रिया दिनुहोस्