जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार ०८:३९

टोखाको मेयरमा एमालेका प्रकाश अधिकारी पुनः निर्वाचित


काठमाडौं, जेठ ४ । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा प्रकाश अधिकारी पुनः निर्वाचित हुनुभएको छ ।

अधिकारी आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको हो ।

निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गर्नुभएको।छ भने प्रतिस्पर्धी रजनी थापाले १० हजार १६६ मत प्राप्तगर्नुभएको छ ।

टोखाको उपप्रमुखमा भने नेपाली कांग्रेसका मुरारी तामाङ निर्वाचित हुनुभएको छ । उहाँले १० हजार १३२ मत प्राप्त गर्दै एमालेकी उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गर्नुभएको हो । ज्ञानमायाले ९ हजार ५१८ मत पाउनु भएको छ ।