झापा, जेठ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा ६ दलीय महागठबन्धनलाई पछाडि पार्दै एमाले उम्मेदवारले अग्रता लिएका छन । दमक वडा नं ८ को मतगणनामा एमालेबाट मेयरकी उम्मेदवार गीता अधिकारीले १ हजार ७ सय ९१ मत ल्याउँदा महागठबन्धनका राम थापाले १ हजार ४ सय ९८ ल्याउनु भएको छ ।
हालसम्म गणना भएका १, २, ३, ९, १० र ८ को नतिजाअनुसार गीता अधिकारीले १० हजार ७ सय ९३ मत ल्याउनु भएको छ भने महागठबन्धनका राम थापाले १० हजार ६ सय ७० मत ल्याउनु भएको छ । अधिकारीले थापालाई १ सय २३ मतले पछि पार्नुभएको हो ।
बुधबार बिहानसम्म १५ मतले अघि रहेका थापालाई केहीबेर अघिको नतिजाअनुसार गीताले उछिन्नुभएको हो । यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालले वडा नं ८ बाट १ हजार ५ सय ९३ मत ल्याउनु भएको छ । महागठबन्धनकी रेगिना प्रसाईंले १ हजार ५ सय ५५ मत ल्याउनु भएको छ । हालसम्म खनालले १० हजार ५ सय ४३ मत ल्याउनु भएको छ भने प्रसाईंले १० हजार ३ सय ६२ ल्याउनु भएको छ । दुई दिनदेखि प्रसाईंको अग्रता भइरहँदा बुधबार बिहानदेखि खनाल ३८ मतले अगाडि आउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्