जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार १२:०९

महोत्तरीमा एमालेको नयाँ कीर्तिमान, रामगोपालपुरको प्रमुख–उपप्रमुख दुवैमा बिजयी


 

महोत्तरी, जेठ ४ । महोत्तरीको रामगोपालपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी बनेका छन । २०७४ सालको स्थानीय तह निर्वाचनमा महोत्तरीका कुनै पनि स्थानीय तह नजितेको एमालेले यस पटक घेराबन्दीका बिचमा पनि सो नगरपालिकामा चुनाव जितेको हो ।

महोत्तरीमा १५ वटा स्थानीय तह रहेका छन । नगर प्रमुखमा एमालेका रामदुलार साह ५ हजार ३ सय ४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार अशोककुमार मण्डललाई १ हजार ७ सय ६३ पराजित गर्नुभएको छ । मण्डल निवर्तमान नगर प्रमुख हो ।

उपप्रमुखमा एमालेकै रिनादेवी यादव ४ हजार २ सय ६३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पादेवी कुशवाहले ३ हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ ।