जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार ०६:५९

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, बैठक सकिने बित्तिकै महाधिवेशनको बन्दसत्र सुरु हुने 


काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे बस्ने भएको छ । बैठक सकिने बित्तकै कंग्रेस महाधिवेशनकाे बन्दसत्र सुरु हुने छ । 

 बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसैगरी, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव बन्दसत्रमा पेश गर्नुहुनेछ । उक्त प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरूबीच छलफल हुने बताइएको छ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित नेपाली कांग्रेसको १५औँ महाधिवेशन हिजोदेखि काठमाडौंमा जारी छ ।

महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्रका महत्वपूर्ण कार्यक्रम अघि बढ्ने भएका छन् । बन्दसत्रमा सभापति थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरी छलफल गरिनेछ ।

कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।