स्याङजा, जेठ ४ । स्याङजाको वालिङ नगरपालिकामा कांग्रेसको गढमा नेकपा एमालेले जितेको छ । वालीङमा मेयरमा नेकपा एमालेका कृष्ण खाँण विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलीप प्रताप खाँणलाई २१ सय ८३ मतले हराउँदै विजयी हुनुभएको हो ।
खाँणले १३ हजार ७७६ मत प्राप्त गरे। दिलीपले ११ हजार ५९३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा भने नेपाली कांग्रेसकी कविता तिवारी विजयी हुनुभयो ।
तिवारीले एमालेकी उमेदवारलाई ४८२ मतले पराजित गर्नुभएको छ । विजयी तिवारीले १२ हजार ८२२ मत प्राप्त गर्नुभयो । एमालेकी उम्मेदवार खगीसरा थापा मगरले १२ हजार ३४० मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्