जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार २०:२९

पर्सामा ढल्यो प्रचण्डको खम्बा, ठोरी अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेको सानदार जीत


वीरगन्ज, जेठ ४ । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको विरासत तोड्दै नेकपा एमालेले सानदार जित निकालेको छ । माओवादीको दवदवा रहेको दावी गरिने ठोरी गाउँपालिका अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा अगोकुलीकुमारी रेग्मी निर्वाचित हुनुभएको छ ।

एमालेका श्रेष्ठले ४ हजार ४९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ३ हजार ३ सय २९ मत ल्याएर दोस्रो हुनपरेको छ । माओवादीका श्रेष्ठ २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भित्रिया मानिनु हुन्छ ।

उपाध्यक्षमा निर्वाचित एमाले नेतृ रेग्मीले ४ हजार २५९ मत ल्याउनु भएको छ भने माओवादीकी निरु तामाङले ३ हजार ४३ मत ल्याएर चित्त बुझाउनु परेको छ ।