काठमाण्डौ, जेठ ५ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपामाओवादीले आफूहरूलाई धोका दिएको बताउनु भएको छ । नेता खनालले कांग्रेस–माओवादीले आफूहरूलाई भोटर मात्रै बनाएकोठोकुवा पनि गर्नुभएको छ ।
निर्वाचन परिणाम आइरहेको बेला खनालले आफूहरूले काँग्रेस र माओवादीलाई मत हाले पनि उनीहरुले एकीकृत समाजवादीलाई मतनै नहालेको ठोकुवा गर्नुभयो ।
अधिकांश स्थानीय तहमा काँग्रेसले कतै एमाले कतै माओवादीसँग तालमेल गरेको पाइयो। माओवादीले कतै एमाले कतै काँग्रेससँगतालमेल गरेको पाइयो,’ नेता खनालले भन्नुभयो, ‘हामीले धेरै ठाउँमा उम्मेदवारै उठाउन पाएनौँ । धेरै ठाउँमा काँग्रेस माओवादीका मात्रैभए। ती ठाउँमा हामी विवश भएर उनीहरूलाई मत हाल्नु पर्यो। हामीलाई नितान्त भोटर बनाइयो।’
चुनावमा काँग्रेस र माओवादीबीच मोर्चाबन्दी जस्तै देखिएको उहाँको भनाइ छ । ‘काँग्रेस र माओवादी केन्द्रबीच मोर्चा जस्तै देखियो।गठबन्धनको खासै अर्थ देखिएन। गठबन्धनका अन्य पार्टी किन काँग्रेस कि माओवादीको भोटर मात्रै भयौ,’ खनालले भन्नुभयो, ‘स्थानीयनिर्वाचनमा वास्तवमा परिणाम सुखद भएन। यो गठबन्धन भएन। काँग्रेस र माओवादीले सिनस्यारिटी देखाएनन्।’













प्रतिक्रिया दिनुहोस्