जनता टाइम्स

५ जेष्ठ २०७९, बिहिबार ०९:०३

गगन थापाको क्षेत्रमा एमालेको क्लिन स्वीप !


काठमाडौँ, जेठ ५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जितेको निर्वाचन क्षेत्र काठमाडौं–४ मा नेकपा (एमाले)ले सानदार जीतनिकालेको छ । महामन्त्री थापाको निर्वाचन क्षेत्रमा बुढानिलकण्ठ नगरपालिकका ८ वडा र काठमाडौँ महानगरपालिकाको ४ वडा पर्दछ ।

तीमध्ये बुढानिलकण्ठका ८ वटै वडामा एमालेले जितेको छ भने काठमाडौँ महानगरालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनिएमालेले जितेको छ । तीन वटा वडामा गणना जारी रहेको छ ।

एमालेले बुढानिलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौँकोद १ नम्बर वडा जितेको छ ।

नेकपा (एमाले) का स्थायी समिति सदस्य डा. राजन भट्टराईको निर्वाचन क्षेत्र पनि त्यही हो । यसपटकको निर्वाचनमा थापा र भट्टराइआफैँले पार्टीको तर्फबाट चुनावी कमान्ड गर्नुभएको थियो ।