जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १२:२३

गोकुल बाँस्कोटाले जिताउन सकेनन आफ्नै पालिका, एमालेबाट गुम्यो मण्डनदेउपुर


काभ्रे, जेठ ५। नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा आफ्नै पालिकामा एमाले जिताउन असफल बन्नुभएको छ । बाँस्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा मेयर र उपमेयरमा एमाले उम्मेदवारलाई हराउँदै गठबन्धनले जितेको छ ।

गठबन्धनबाट नेकपा एसका मेयर उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला वाइवाले नेकपा एमालेका विदुरप्रसाद सापकोटालाई पराजीत गर्नुभएको हो । सापकोटाले ८३५१ मत पाउनु भएको छ ।

उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत मात्रै पाउनु भएको छ । मण्डन देउपुर नेकपा एमालेको गढ मानिन्थ्यो । तर यसपटक एमालेले आफ्नो गढ गठबन्धनलाई बुझाउन बाध्य हुनुपरेको छ ।