जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १६:४३

किसानलाई पेन्सनको व्यवस्था गर्न माग


काठमाडौं, ५ जेठ । किसानलाई योगदानमा आधारित पेन्सन (निवृत्तिभरण) को व्यवस्था गर्न माग गरिएको छ । हिजोबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी आज माओवादी केन्द्रकी सांसद कमला रोकाले किसानलाई पेन्सनको व्यवस्था गर्न माग गर्नुभएको हो ।

किसानलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले किसानमैत्री र हितका लागि कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उक्त छलफलमा सहभागी अधिकांश सांसदले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिनुभयो । किसानले उब्जाएको वस्तुको न्यूनतम मूल्य पनि सरकार तोक्नुपर्नेमा जोड दिएका सांंसदहरुले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण नगरी देश समृद्ध नहुने बताएका छन् ।