काठमाडौं, जेठ ५ । काठमाडौं महानगर पालिकाको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर एरियाभित्र पर्ने यस वडामा नेकपा एमालेका केशव स्थापितले सुरुवातीमा निकै राम्रो अग्रता लिनुभएको छ ।
सुरुवाती परिणाम आउँदा स्थापित एक्लैले दुई तिहाई मत पाउनु भएको हो । यो वडा महावौद्ध क्षेत्र पर्छ । मतगणनामा सहभागी एक कर्मचारीका अनुसार यस वडामा २ सय मत गन्दा केशव स्थापित एक्लैले ११८ मत ल्याउनु भएको छ ।
स्थापितलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्