जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १८:२२

एमालेको किल्ला बन्यो सुनसरीको रामधुनी नगरपालिका, मेयरमा चौधरी र उपमेयरमा थापा विजयी


इटहरी, जेठ ५ । सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार एमालेका उम्‍मेदवार शंकललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर मेयरमा निर्वाचित हुनु भएको हो ।

चौधरीका निकटतम प्रतिस्पर्थी नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित हुनुभएको छ । रामधुनीमा उपमेयरमा पनि एमालेकी तारा थापा १२ हजार २२० मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर पराजित हुनुभएको छ ।