सिन्धुपाल्चोक, जेठ ६ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन । अध्यक्षमा नेकपा एमालेका टासी लामा ५ हजार ६०८ मत ल्याएर बिजयी हुनुभएको हो ।
लामाले नेकपा माओवादी केन्द्रका दोर्जे तामाङलाई पराजित गर्नुभएको हा । दोर्जेले ४०४५ मत प्राप्त गर्नुभएको छ । पाँचपोखरी थाङपाङपालमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन थियो।
त्यस्तै उपाध्यक्षमा सुनिता अधिकारी विजयी हुनुभएको छ । सुनिताले ५२२७ मत प्राप्त गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार गंगाकुमारी चापागाईलाई पराजित गर्नुभएको हो । गंगाले ४३९३ मत प्राप्त गर्नुभएको छ । टासी र सुनिता २०७४ को निर्वाचनमा पनि नेकपा एमालेबाट विजयी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्