जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ०९:३०

यी हुन दोलखाका ९ पालिका र ७४ वटै वडा हाँक्ने जनप्रतिनिधि, कुन दलबाट कति जना भए निर्वाचित (सूचीसहित)


दोलखा, जेठ ७ । नेकपा एमालेको बर्चश्व तोडदै दोलखाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो बनेको छ । गत २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ९ मध्य सात पालिका प्रमुख र ७४ मध्ये ४३ वडा जितेको एमाले यसपटक दुई पालिका प्रमुखमा सिमित भएको छ । उपप्रमुख भने पाँच पालिकामा जितेको छ । वडा पनि ४३ बाट घटेर २४ मा सिमित भएको छ एमाले ।

नेपाली कांग्रेसले भने यसपटक २० वटाबाट बढाएर २५ वटा वडा जितेको छ । मतपरिणाम अनुसार कांग्रेसले एक नगरपालिका र दुई गाउँ पालिकामा प्रमुख तथा तीन पालिकामा उपप्रमुखमा जितेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले दुइ स्थानीय तहमा प्रमुख मात्र जितेको थियो । त्यस्तै नेकपा माओवादीले दुई उपप्रमुख र ११ पटा वडा जितेकोमा यसपटक दोब्बर बढाएको छ ।

यसपटक माओवादी केन्द्रले तीन पालिकामा प्रमुख, एक उपप्रमुखसहित २१ वडामा बिजय हाँसिल गरेको छ । दोलखामा नेकपा एसले एक पालिका प्रमुख जितेको छ भने दुई वडाध्यक्ष जितेको छ । यस्तै दुई जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा बिजयी भएका छन ।

यस्तो छ अन्तिम नतिजा

 

भीमेश्वर नगरपालिका

प्रमुख : ईश्वरनारायण मानन्धर (कांग्रेस)

उपप्रमुख : कमला बस्नेत (एमाले)

 

जिरी नगरपालिका

प्रमुख : मित्र जिरेल (एमाले)

उपप्रमुख : कृष्णमाया बुढाथोकी (एमाले)

 

गौरिशंकर गाउँपालिका

प्रमुख : विश्वास कार्की (माओवादी केन्द्र)

उपप्रमुख : श्यामसुन्दर तामाङ (कांग्रेस)

 

वैतेश्वर गाउँपालिका

प्रमुख : छवि लामा (कांग्रेस)

उपप्रमुख : कल्पना उप्रेती (कांग्रेस)

 

तामाकोसी गाउँपालिका

प्रमुख : प्रोणप्रताप केसी (नेकपा एकीकृत समाजवादी)

उपप्रमुख : सिर्जना सुवेदी (कांग्रेस)

 

मेलुङ गाउँपालिका

प्रमुख : हिरा थोकर (एमाले)

उपप्रमुख : गायत्री आचार्य (एमाले)

 

शैलुङ गाउँपालिका

प्रमुख : रिमालबाबू श्रेष्ठ (माओवादी केन्द्र)

उपप्रमुख : पार्वती कार्की (एमाले)

 

कालिञ्चोक गाउँपालिका

प्रमुख : अर्जुन प्रसाद शिवाकोटी (कांग्रेस)

उपप्रमुख : कुल बहादुर बुढाथोकी (माओवादी केन्द्र)

 

विगू गाउँपालिका

प्रमुख : संजिव ओली (माओवादी केन्द्र)

उपप्रमुख : देविका थामी (एमाले)

नेपाली कांग्रेस : (२५ जना)

बिगु गाउँपालिका–१ : मेमबहादुर तमाङ

बिगु गाउँपालिका–७ : दलबहादुर श्रेष्ठ

भिमेश्वर नगरपालिका–१ : माधब थामी

भीमेश्वर नगरपालिका–३ : हरिशरण शिवाकोटी

भीमेश्वर नगरपालिका–४ : तारानाथ चौलागाई

भीमेश्वर नगरपालिका–८ : काजी बुढाथोकी

जिरी नगरपालिका–१ : कर्साङ शेर्पा(आङपासाङ)

जिरी नगरपालिका–५ : नरबहादुर जिरेल

शैलुङ गाउँपालिका–१ : बीरबहादुर घतानी

शैलुङ गाउँपालिका–७ : सुजन खड्का

तामाकोशी गाउँपालिका–३ : रामप्रसाद काफ्ले

तामाकोशी गाउँपालिका–४ : सुरज खड्का

तामाकोशी गाउँपालिका–६ : कृष्ण फुयाल

बैतेश्वर गाउँपालिका–६ : अशोक तमाङ

बैतेश्वर गाउँपालिका–३ : कमल अधिकारी

बैतेश्वर गाउँपालिका–२ : श्यामकुमार तमाङ

बैतेश्वर गाउँपालिका–१ : भीमबहादुर तमाङ

कालिञ्चोक गाउँपालिका–४ : दिपक खुलाल

कालिञ्चोक गाउँपालिका–६ : भरत पाण्डे

कालिञ्चोक गाउँपालिका–८ : सूर्यबहादुर आचार्य (बालकृष्ण)

कालिञ्चोक गाउँपालिका–९ : रामप्रसाद मैनाली

गौरीशंकर गाउँपालिका–४ : शिवहरि खत्री

गौरीशंकर गाउँपालिका–६ : निमसाङ्गे शेर्पा

गौरीशंकर गाउँपालिका–९ : ङिमगेली शेर्पा

मेलुङ गाउँपालिका–६ : कुशुम लामा

 

नेकपा एमाले (२४ जना)

कालिञ्चोक गाउँपालिका–१ : पदमबहादुर थामी

तामाकोशी गाउँपालिका–१ : बसन्त थापा

तामाकोशी गाउँपालिका–७ : खुशबहादुर सुनुवार

बैतेश्वर गाउँपालिका–८ : शान्त जिरेल

बैतेश्वर गाउँपालिका–४ : कुमार चौलागाई

जिरी नगरपालिका–४ : पदेमान जिरेल

जिरी नगरपालिका–९ : ज्ञानु पाख्रिन

भीमेश्वर नगरपालिका–२ : स्टालिन श्रेष्ठ

भीमेश्वर नगरपालिका–५ : बासु श्रेष्ठ

भीमेश्वर नगरपालिका–६ : नवीन लामा

भीमेश्वर नगरपालिका–७ : विनोद तमाङ

भीमेश्वर नगरपालिका– ९ : हिमाल श्रेष्ठ

शैलुङ गाउँपालिका–२ : तीर्थबहादुर श्रेष्ठ

शैलुङ गाउँपालिका–४ : झम्क कार्की

शैलुङ गाउँपालिका–५ : दिलकुमार तमाङ

शैलुङ गाउँपालिका–८ : धनबहादुर तमाङ

मेलुङ गाउँपालिका–१ : ईश्वर कोइराला

मेलुङ गाउँपालिका–३ : बसन्त लामा

मेलुङ गाउँपालिका–४ : सोमबहादुर तमाङ

मेलुङ गाउँपालिका–७ : नवराज खड्का

गौरीशंकर गाउँपालिका–५ : सुन्दर खड्का

विगू गाउँपालिका–५ : काले शेर्पा (कर्मा)

विगू गाउँपालिका–६ : टहल थामी

विगू गाउँपालिका–८ : धनविर थामी

 

नेकपा माओबादी केन्द्र (२१ जना)

गौरीशंकर गाउँपालिका–१ : प्रकाश खड्का

गौरीशंकर गाउँपालिका–२ : रोहित बुढाथोकी

गौरीशंकर गाउँपालिका–३ :  युगबहादुर बस्नेत (बनकाइला)

गौरीशंकर गाउँपालिका–७ : सोनाम शेर्पा

गौरीशंकर गाउँपालिका–८  : दावारिञ्जी शेर्पा

जिरी नगरपालिका–२ : ङिमपल्दे शेर्पा

जिरी नगरपालिका–३ : खेटबहादुर घिमिरे

जिरी नगरपालिका–७ : शान्त नेपाली

जिरी नगरपालिका–८ : रामबहादुर खत्री

बैतेश्वर गाउँपालिका–५ : भुवन घिमिरे

बैतेश्वर गाउँपालिका–७ : मीनकुमार शिबाकोटी

कालिञ्चोक गाउँपालिका–२ : बिक्रम पाण्डे

कालिञ्चोक गाउँपालिका–३ : दलबहादुर तमाङ

कालिञ्चोक गाउँपालिका–५ : सहदेव खड्का

कालिञ्चोक गाउँपालिका– ७ राम पाण्डे

विगू गाउँपालिका–२ : दिपक ठकुरी

विगू गाउँपालिका–४ : रामचन्द्र खड्का

मेलुङ गाउँपालिका–५ : ललित थापा मगर

शैलुङ गाउँपालिका–३ : वीरबहादुर तमाङ

शैलुङ गाउँपालिका–६ : दिपक बस्नेत

तामाकोसी गाउँपालिका–५ : शम्भु फुँयाल

नेकपा समाजबादी (एस) (२ जना)

मेलुङ गाउँपालिका–२ : रामकृष्ण भण्डारी

जिरी नगरपालिका–६ : मरिचबहादुर खड्का

स्वतन्त्र उम्मेदवार (२ जना)

तामाकोशि गाउँपालिका–२ ईश्वर कार्की

विगू गाउँपालिका– ढालबहादुर तमाङ