जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १०:४७

उपेन्द्रका छोरालाई भारी मतान्तरमा हराउँदै एमालेकी शिल्पा बनिन उपमेयर


काठमाडौं, जेठ ७ । उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गर्नुभएको छ ।पराजित यादव जनता समजवादी अध्यक्ष उपेन्द्र यादवका छोरा हुनुहुन्छ ।

तर काँग्रेससहितको गठबन्धन गरेको जसपाले निकै धेरै मतान्तरले हार व्यहोर्यो । यसबाट बुझ्ना सकिन्छ की काँग्रेसका मतदाताले अमरेसलाई काँग्रेसले मत दिएन । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन् । यसैगरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।