जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १६:२४

श्रीलंकामा हट्यो संकटकाल


कोलम्बो, ७ जेठ । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो ।

सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गर्नुभएको थियो ।

राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गर्नुभएको थियो । शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।