जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार ११:२६

गठबन्धन गर्दा पनि इटहरीमा बढारियो माओवादी र नेकपा एस, कार्यपालिकामा एमालेको एकल बहुमत


इटहरी, जेठ ८ । इटहरीको नगरकार्यपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बढारिएको छ । आज सार्वजनिक भएको अन्तिम नतिजाअनुसार मेयरमा कांग्रेस, उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन भने २० वडामध्ये १४ वटा वडाध्यक्षमा एमाले बिजयी भएको छ ।

यस्तै नेपाली कांग्रेस ५, र एक एमालेको बागी उम्मेदवार विजयी भएका छन् । एमालेले २, ३, ४, ५, ७, ९, ११, १२, १५, १६, १७, १८ र १९ वडा अध्यक्ष जितेको छ भने नेपाली काङ्ग्रेसले १, ६, ८, १३ र २० वडा जितेको छ । वडा नम्बर १४ मा एमालेको बागी उठेका स्वतन्त्र उमेदवारको विजयी भएका छन् ।

इटहरीको काङ्ग्रेस, माओवादी र एसको गठबन्धनमा एसले उपमेयर केशव विष्टसहित वडा नम्बर १४ मा वडा अध्यक्ष पाएको थियो भने १० र १८ मा वडा अध्यक्ष माओवादीले पाएको थियो । यी कुनै पदमा जित ननिकाल्दा इटहरीको नगरकार्यपालिकामा एस र माओवादीको सून्य बनेको हो ।