जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १३:१८

कांग्रेस सभापतिलाई हराउँदै क्षिरेश्वरनाथमा एमालेका यादव विजयी


धनुषा, जेठ ८ । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार सुखदेव यादव क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा विजयी हुनुभएको छ ।

यादव ७ हजार ९१३ मत प्राप्त गरी कांग्रेस सभापतिलाई पराजीत गर्न सफल हुनुभएको हो । उहाँका प्रतिस्प्र्धी नेपाली कांग्रैसका पजियारले ७ हजार ३ सय मत पाउनुभएको छ । सो नगरपालिकामा नेकपा एकीकृत समाजवादीका शिवशंकरप्रसाद सिंहले १ हजार ६ मत प्राप्त गर्नुभएको छ ।