जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १४:१९

तीन महानगरमा गठबन्धनलाई छेक्दै उपमेयरमा एमाले उम्मेदवारको फराकिलो अग्रता, यस्तो छ सुनिता–मञ्जली र मञ्जुको मतान्तर


काठमाडौं, जेठ ८ । काठमाडौंसहित तीन महानगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवारले पराकिलो अग्रता बनाएर जीतको नजिक पुगेका छन । काठमाडौं महानगरमा उपमेयरकी उम्मेदवार सुनिता डंगोलले त प्रतिस्पर्धी भन्दा तीन गुना बढी मत पाउनु भएको छ ।

यस्तै ललितपुर र पोखरामा पनि एमालेका उपमेयरका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन । तीन वटै महानगरमा मेयरमा भने एमाले उम्मेदवार पछि परेका छन । उपमेयरमा काठमाडौंमा सुनिताले ३८ हजार ३ सय ५१ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले केवल १३ हजार ४ सय ३१ मत पाउनु भएको छ । उहाँ भन्दा सुनिताले २४ हजार ९ सय २० मत बढी पाउनु भएको छ ।

ललितपुर महानगरपालिकामा पनि एमालेकी मञ्जली शाक्य उपमेयरमा निकै अगाडि हुनुहुन्छ । शाक्य गठबन्धनका उम्मेदवार भन्दा ५ हजार मत बढी पाउनु भएको छ । एमालेकी मञ्जलीले १५ हजार ७ सय ६५ मत पाउनु भएको छ भने गठबन्धनका उम्मेदवारले १० हजार ८ सय ३४ मत पाएका छन । अहिलेसम्म मञ्जली ४ हजार ९ सय ३१ मतले अगाडि हुनुहुन्छ ।

यस्तै पोखरामा पनि एमाले उम्मेदवार मञ्जु गुरुङले मतान्तर बढाउँदै अग्रता लिनुभएको छ । गुरुङले ४१ हजार २ सय १९ मतका साथ अग्रता लिनुभएको हो । पोखरामा उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारले ३९ हजार ७ सय ४३ मत पाउनु भएको छ । अहिलेसम्म गुरुङ १४ सय ७६ मतले अगाडि हुनुहुन्छ ।