जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १७:२१

सत्ता गठबन्धनलाई हराउँदै धरानका मेयर बने स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ


धरान, जेठ ८ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित हुनुभएको छन । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई पाँच हजार भन्दा बढी मतले पछि पार्दै साम्पाङ मेयरमा निर्वाचित हुनुभएको हो ।

उपमेयरमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित हुनुभएको छ । उहाँ एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उम्पमेयरमा निर्वाचित हुनुभएको हो ।

यसैबीच मेयरमा निर्वाचित स्वतन्त्रका हर्कराजलाई निकटतम प्रतिद्वन्दी कांग्रेसका किशोरले कलम र डायरी उपहार दिएर बधाई ज्ञापन गर्नुभएको छ । किशोरले अबको पाँच वर्ष धरानको नेतृत्व गर्दै राम्रो काम गर्न सुझाव पनि दिनुभएको छ ।