जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १७:२६

सप्तरीको डाक्नेश्वरीको प्रमुख–उपप्रमुख दुवैमा एमाले विजयी


राजविराज, जेठ ८ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका रामलखन मलाह निर्वाचित हुनुभएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मिराकुमारी यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेो अन्तिम मत परिणामअनुसार नगर प्रमुखमा निर्वाचित एमालेका मलाहले ५ हजार ८ सय ५४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नगर उपप्रमुखमा निर्वाचित एमालेकी मिराकुमारी यादवले ६ हजार १ सय ९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जसपाकी इन्दुदेवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गर्नुभएको छ ।

डाक्नेश्वरीको नतिजासमेत सप्तरीमा कुल १८ मध्ये १७ स्थानीय तहको परिणाम आएको छ । रुपनी गाउँपालिकाको मतगणनासमेत अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।