जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार ०६:३८

कांग्रेसबाट एमालेले खोस्यो झापाको गौरादह, मेयरमा सुवेदी र उपमेयरमा जलवर्षा बिजयी


काठमाडौं, ९ जेठ । झापा गौरादह नगरपालिकामा एमालेले जित निकालेको छ । यहाँको मेयर र उपमेयरमा क्रमशः छत्रपति सुवेदी र जल वर्षा राजवंशी निर्वाचित हुनुभएको छ ।

मेयरमा विजयी सुवेदीले १२ हजार ८ सय ४९ पाउनुभयो भने उहाकाँ प्रतिस्पर्धी कांग्रेसका रोहितकुमार शाहले ११ हजार ४ सय ८४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपमेयरमा विजयी एमालेकी जल वर्षाले ११ हजार ९ सय १४ पाउनुयभो । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पुष्पलाल ढकाल १० हजार ४ सय ३८ मतमा पाउनुभएको छ ।