जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार १३:२३

पाँच डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस


काठमाडौं, जेठ ९ । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) पदमा बढुवाका लागि पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) को नाम सिफारिस गरेको छ ।

गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न प्रहरी महानिरीक्षक धिरज सिंहकै ब्याजी पाँच जना प्रहरी नायब महानिरीक्षकको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसरी एआइजी बढुवाका लागि सिफारिस हुनेहरूमा उत्तमराज सुवेदी, अरुण कुमार बि।सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह हुनुहुन्छ ।