मोरङ, जेठ ९ । प्रदेश १ कै एक मात्र महानगरपालिका बिराटनगरमा पनि नेकपा एमाले नै सवैभन्दा ठूलो दल बनेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रमुख गुमाएको एमालेले बिराटनगरमा उपप्रमुखसहित १९ मध्ये ९ वडाध्यक्ष जितेर सबैभन्दा ठूलो दल बनेको छ ।
निर्वाचनको नतिजाअनुसार बिराटनगरको उपमेयरमा एमाले उम्मेदवार शिल्पा निराला कार्की गठबन्धनका उम्मेदवारलाई भारी मतले हराउँदै निर्वाचित हुनुभयो । त्यस्तै वडातर्फ पनि १९ मध्ये एमालेले ९ वटा जितेको छ । गठबन्धनबाट कांग्रेसले मेयरसहित ६ वडाध्यक्ष जितेको छ भने जसपाले २ वडाध्यक्ष जितेको छ । राप्रपाले एउटा वडाध्यक्ष जित्दा एकजना स्वतन्त्र उम्मेदवार बिजयी भएका छन ।
सदस्यतर्फ समेत कार्यपालिका चुनावका लागि एमालेले ४३ सिट जितेको छ भने कांग्रेसले ४० सिट जितेको छ । यस्तै जसपाले १० सिट जित्दा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने सून्य बनेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनका यी दुई दलका एक जना पनि निर्वाचित हुन सकेनन ।
यी हुन निर्वाचित जनप्रतिनिधि
मेयर–नागेश कोइराला, नेपाली कांग्रेस
उपमेयर–शिल्पा कार्की, नेकपा एमाले
वडा नं. १ काजी हादुर बस्नेत, एमाले
वडा नं. २ कुमार पोखरेल, एमाले
वडा नं. ३ बासुबहादुर बस्नेत, एमाले
वडा नं. ४ जीतन थापा, एमाले
वडा नं. ५ सन्तोष न्यौपाले, कांग्रेस
वडा नं. ६ हरीशचन्द्र सहनी, कांग्रेस
वडा नं. ७ मधुबाबु तविारी, कांग्रेस
वडा नं. ८ राम पोखरेल, एमाले
वडा नं. ९ विश्वनाथ भगत, कांग्रेस
वडा नं. १० अर्जुन गीरी, एमाले
वडा नं. ११ तिर्थेन्द्र न्यौपाने, एमाले
वडा नं. १२ हिराबहादुर कामत, जसपा
वडा नं. १३ सुर्यलाल यादव, राप्रपा
वडा नं. १४ सुर्यनारायण महतो, एमाले
वडा नं. १५ प्रकाश शाह, कांग्रेस
वडा नं. १६ उद्धवकुमार भुजेल, कांग्रेस
वडा नं. १७ समिमकुमार मिया, जसपा
वडा नं. १८ जीतेन्द्रकुमार साह, स्वतन्त्र
वडा नं. १९ श्याम घिमिरे, एमाले
प्रतिक्रिया दिनुहोस्