काठमाडौं, जेठ ९ । सत्ता गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले अरु चिन्हमा परेको भोटसमेत आफ्नै कायम गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठले नेपाली रुखमा खसेको भोट पनि आफ्नोमा कामय गर्न मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुभएको हो । श्रेष्ठले उम्मेदवार नभएको रुखमा खसेको मतसमेत आफ्नोमा कामय गरिदिन आज मुख्य निर्वाचन अधिकृत राजुकुमार श्रेष्ठसमक्ष निवेदन दिनुभएको छ । काठमाडौंको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले तेब्बर मतसहित अगाडि पुगेको बेला श्रेष्ठले यस्तो माग गर्नुभएको छ ।
‘उपप्रमुखमा कलम र रुख दुवैमा हालेको मत मेरोमा कायम हुनुपर्छ। मेरो चिन्ह कलममा पनि हालेको र उम्मेदवार नै भएको रुखमा पनि परेको मत मेरै हो । त्यसलाई आयोगले कामय गरिदिनु पर्छ,’ श्रेष्ठको निवेदनमा भनिएको छ । उहाँले तत्काल पुनः दाहोर्याएर मतगणना गरर्न र बाँकी मतपत्रसमेत यसै कानुनी आधारमा गणना गर्न माग दावी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्