जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १३:११

२५ असारमा हुने नर्सिङ लाइसेन्स परीक्षाका लागि खुल्यो १३ जेठ देखिको फारम


काठमाडौं, १० जेठ । नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा नर्स तथा मिडवाइफको लागि नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ । त्यसका लागि परिषदले आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम भर्न समय तोकेको छ । परिषदले सो अवधीमा फारम भर्ना छुट भए १२ असार देखि १८ असारसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने परिषदले जनाएको छ ।

परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै मिडवाइफका लागि व्याचलर इन मिडवाईफ साइन्स (बीएमएस) पास गरेको हुनुपर्ने भनिएको छ । परीक्षाका लागि नर्सलाई ३ हजार १०० रुपैयाँ र मिडवाइफलाई ४ हजार १०० शुल्क तोकिएको छ ।

विलम्ब भयो भने क्रमश ६ हजार १०० र ८ हजार १०० रुपैयाँ तिरेर फारम भर्न सकिने जनाएको छ । परिषदले इ सेवामार्फत बुझाउन सकिने समेत जानकारी दिएको छ । परिषदले गत २२ बैशाखमै यसवर्ष हुने लाइसेन्स परीक्षाका लागि तालिका सार्वजनिक गरेको थियो । सो अन्तरगर्त असार पछि अर्को परीक्षा ३ मंसिर र अन्तिम परीक्षा ४ चैतमा हुने उल्लेख छ ।