दाङ, जेठ ११ । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमोलका मेयर र उपमेयरका उम्मेदवारको जित सुनिश्चित भएको छ। दुई वडाहरुको मतगणना जारी रहे पनि अहिलेसम्म प्राप्त भएका मतका आधारमा मेयरमा टीकाराम खड्का र उपमेयरमा श्यानी चौधरीको जित सुनिश्चित भएको हो।
अहिलेसम्म ७११६६ मत गणना भइसक्दा मेयरमा खड्काले ३००३५ र उपमेयरमा चौधरीले २९३४३ मत प्राप्त गरेका गर्नुभएको छ । मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २६६६९ र उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २०१४४ मत प्राप्त गर्नुभएको छ । मेयरका उम्मेदवारमध्ये एमालेका खड्का ३३६६ मतले अगाडि र उपमेयरमा चौधरी ९२०१ मतले अगाडि हुनुहुन्छ।
तुलसीपुरमा ७४ हजार ३ सय ३६ मत खसेको थियो। अब तीन हजार एक सय ७० मत मात्रै गणना हुन बाँकी छ।
तुलसीपुरमा एमालेले हालसम्म २, ३, ६, ८, १०, ११, १३, १५ र १८ नम्बर गरी ९ वडा जितेको छ। यो पटक एमालेले कांग्रेसबाट २, ८, १०, ११ र १३ गरी पाँच वडाहरु खोसेको हो।
त्यस्तै कांग्रेसले वडा नम्बर ५, ७, ९ र १४ नम्बर गरी चार वडामा जितेको छ। माओवादीले वडा नम्बर १, ४ र १२ जितेको छ भने वडा नम्बर १६ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्। जारी मत गणना अन्तरगत वडा नम्बर १७ मा कांग्रेस झिनो मतान्तरले अगाडि छ। त्यस्तै वडा नम्बर १९ मा एमाले अगाडि छ।













प्रतिक्रिया दिनुहोस्