जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार ०९:११

पाँचदलीय गठबन्धनलाई हराउँदै पोखराको उपप्रमुखमा मञ्जु गुरूङको दोस्रो जित


पोखरा, जेठ ११ सत्ता गठबन्धनलाई पराजित गर्दै पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयीहुनुभएको सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटलाई पराजित गर्दै गुरुङ दोस्रोकार्यकालका लागि पोखरा महानगरको उपप्रमुखमा विजयी हुनुभएको हो

गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी रानाभाटले ५६ हजार ६६३ मत ल्याउनुभयो विसं २०७४ को पहिलोनिर्वाचनमा गुरुङले काँग्रेसका सरस्वती गुरुङलाई पराजित गरेर उपप्रमुख निर्वाचित हुनुभएको थियो

यसैगरी उपप्रमुखमा राप्रपाका रञ्जना कुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशिल साझाका माधव भण्डारीले २६४ आमुलपरिर्वतन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ जना उम्मेदवार रहेका थिए