जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार १४:०८

इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध


इस्लामाबाद, ११ जेठ । पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि आज पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल जुलुस आयोजना गरेर नयाँ गठबन्धन सरकारलाई दबाब दिनुभएको छ ।

ताजा निर्वाचनको माग गर्दै हजारौँ मानिसहरूको नेतृत्व गरेर पूर्वक्रिकेटरसमेत रहेका खानले आज उत्तरपश्चिमी सहर पेसावरमा रहेको आफ्नो पकड क्षेत्रबाट राजधानीतर्फ बढ्ने योजना सुनाउनुभएको छ । प्रधानमन्त्री शहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारले खानका समर्थकहरूलाई सहरमा प्रवेश गर्नबाट रोक्ने जनाएको छ ।

सरकारले र्यालीलाई ‘देशलाई विभाजन गर्ने र अराजकता बढाउने प्रयास’ भनेको छ । ‘कसैलाई पनि राजधानी घेरा हाल्न र आफ्नो शर्तहरू लाद्न दिनु हुँदैन’, गृहमन्त्री राना सनाउल्लाहले भन्नुभयो । प्रहरीले राजधानी जाने मुख्य राजमार्गहरूमा प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले रोक लगाएको छ ।