जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार १४:२३

पाँच दल मिल्दा पनि ६ मध्ये चार महानगरपालिकाको उपप्रमुखमा एमालेको सानदार जीत, यस्तो छ फराकिलो मतान्तर


काठमाडौं, जेठ ११ । सत्तारुढ पाँच दलीय गठबन्धनबीच मुलुकका ६ मध्ये चार महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले सानदार जीत निकालेका छन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवारलाई पराजीत गर्दै एमालेका उपमेयरका उम्मेदवारहरुले बिजयको माला पहिरिनु भएको हो ।

काठमाडौं महानगरपालिकाबाहेक पाँच ओटै महानगरको परिणाम आउँदा काठमाडौंमा पनि मेयर बालेन साह र उपमेयर एमालेकी सुनिता डंगोल गणना बाँकी छँदै बिजयी भइसकेको अवस्था) उपमेयरमा कांगेसले दुई महानगरमा जीत निकालेको छ ।

हालसम्म मत परिणाम अन्तिम रुपमा सार्वजनिक भएको बिराटनगरको उपमेयरमा एमालेकी शिल्पा निराला कार्की बिजयी हुनुभएको छ । शिल्पाले गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरसहित पराजीत गर्नुभएको हो । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जसपाका अमरेन्द्र यादवलाई शिल्पाले ११ हजार ४ सय ६१ मतले पराजीत गर्नुभएको हो । शिल्पाले २५ हजार ६ सय ८० मतका साथ बिजयी हुँदा गठबन्धनका यादवले १४ हजार २ सय १९ मत पाउनु भएको छ ।

बलियो गठबन्धन गरेको ललितपुर महानगरपालिकामा पनि एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य उपमेयरमा बिजयी हुनुभएको छ । एमाले उम्मेदवार शाक्यले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३ सय ३२ मतको अन्तरमा पराजीत गर्नुभएको हो । अन्तिम परिणामअनुसार एमाले उम्मेदवार मञ्जलीले २५ हजार ८४ मत पाउनु भएको छ भने गठबन्धनबाट उम्मेदवार बन्नुभएका बाबुराजले १८ हजार ७ सय ५२ मत पाउनु भएको छ ।

गठबन्धन गरेको अर्काे महानगरपालिका पोखरामा पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ भारी मतान्तरमा उपमेयरमा बिजयी हुनुभएको छ । एमाले नेतृ गुरुङले गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मत अन्त्रमा पराजीत गर्नुभएको हो । एमाले उम्मेदवार गुरुङ ६० हजार ५ सय ४६ मतका साथ बिजयी बन्दा गठबन्धनकी रानाभाटले ५६ हजार ६ सय ६३ मत पाउनु भएको छ ।

काठमाडौं महानगरमा एमाले उम्मेदवार सुनिता डंगोल सवैभन्दा फराकिलो अन्तरमा बिजयी बन्ने इतिहासि रच्नुभएको छ । अन्तिम परिणाम आउन बाँकी रहँदा नै सुनिताले आफ्ना प्रतिस्पर्धी गठबन्धनकातर्फबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई निकै धेरै मतका साथ पराजीत गर्दै बिजयी बन्नुभएको छ । सुनिता र श्रेष्ठको मतान्तर नै ४० हजार रहेको छ । महानगरपालिकामध्ये भरतपुर र बीरगञ्जको उपमेयर नेपाली कांग्रेसले जितेको छ ।