काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५६ हजार १ सय ४८ मतका साथ फराकिलो अग्रता लिनुभएको छ । मुख्य निर्वाचन कार्यालयले भर्खरै सार्वजनिक गरेको बिवरणअनुसार बालेन साहले २० हजार ६ सय ७० मतको अन्तर पुर्याउनु भएको हो ।
उहाँलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ४ सय ७८ मत पाउनु भएको छ भने नेकपा एमालेका केशव स्थापितले ३४ हजार ५ सय ५४ मत पाउनु भएको छ । काठमाडौंमा राप्रपाका मदनदास श्रेष्ठले ५ हजार २ सय ४६ मत पाउनु भएको छ ।
काठमाडौं महानगरमा अहिलेसम्म १ लाख ७२ हजार २ सय ५५ मत गणना भइसकेको छ । जसमध्ये ६७५६ बदर भएको छ । अन्तिम परिणामका लागि वडा नम्बर १३, १४, १५, १६ र १७ मतगणना भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्