जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार १९:५८

अब एमालेसँग मुकाबिला गर्ने सामर्थ्य कसैसँग छैन भन्ने प्रमाणित भयो : शंकर पोखरेल


दाङ, जेठ ११ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन बनाएर आफूहरुको भविष्य समाप्त गर्न खोज्नेहरुपराजित भएको बताउनु भएको गृह जिल्ला दाङको तुलसीपुर उपमहानगरपालिकामा आज आयोजित बधाई तथा शुभकामनासभालाई सम्बोधनका क्रममा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो

महासचिव पोखरेलले भन्नुभयो, ‘एमालेको भविष्य समाप्त गर्न खोजियो। तर पाँच दलीय गठबन्धनको चुनौती चिर्दै हामी सुरक्षित भयौँ २०७४ मा भन्दा धेरै जनादेश एमालेले अहिले पाएको छ। जसले गठबन्धनबाट चुनाव लडेकाछन् उनीहरुले भविष्य कमजोर बनाएकाछन्।

महासचिव पोखरेलले अब एमालेले जस्तोसुकै शक्तिसँग लड्न सक्ने बताउनु भयो उहाँले भन्नुभयो, ‘एमालेले अब जुनसुकै शक्तिसँगमुकाबिला गर्ने, लड्न सक्ने सामर्थ्य एमालेले बनाएको महिनापछि हामी फेरि चुनावमा जानुपर्ने छ। अब एमालेसँग मुकाबिला गर्नेसामर्थ्य कसैसँग छैन।