जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ०९:००

काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी


काठमाडौँ, जेठ १२ । काठमाडौँ महानगरपालिका १३ मा नेकपा एमालेको प्यानलसहित विजयी भएको छ । एमालेका उम्मेदवारध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।  मानन्धर ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धीकांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाउनु भयो ।

यस्तै महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी हुनुभएको छ ।खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी हुनुभएको छ। महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ। अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।