जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ०९:२५

धनगढीका मेयर गोपाल हमाल कार्यालय समयमा भेटघाट नगर्ने : उदघाटन-स्वागत र सम्मानमा नजाने


धनगढी, जेठ १२ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने हुनुभएको छ । हमालले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याउनु भएको छ ।

हमालले भन्नुभएको छ, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु पर्ने भएकोले भेटघाटको समय मेयर कक्षमा बिहान ८ बजेदेखि बिहान १० बजे सम्मलाई छुट्याइएको छ।’

त्यस्तै, उहाँले उद्घाटन तथा स्वागत सम्मानजस्ता काममा आफूलाई नअल्झाउन पनि आग्रह गर्नुभएको छ । हमालले फेसबुकमा लेख्नुभएको छ, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’