जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ०९:५५

सत्ता गठबन्धनका साझा उम्मेदवार रामेश्वर भन्दा एमालेकी सुनिता ४६ हजार मतभन्दा अगाडि, राप्रपाकी बिनिता तेस्रो


काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६६ हजार भन्दा बढी मत ल्याउनु भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा दोब्बर बढी मतान्तर कायम गर्दै सुनिताले अग्रता लिनुभएको हो ।

काठमाडौं महानगरको मुख्य निर्वाचन कार्यालयले दिएको पछिल्लो बिवरणअनुसार कुल १ लाख ८३ हजार ६ सय ७९ मत गणना सकिदा सुनिताले ६६ हजार ८ सय ७८ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका श्रेष्ठले २३ हजार ३१ मत मात्रै पाउनु भएको छ । श्रेष्ठको भन्दा सुनिताको ४६ हजार ८ सय ३७ मत बढी हो । यस्तै काठमाडौं महानगरमा राप्रपाका उम्मेदवारले बिनिता मगैयाले ११ हजार ६ सय ४७ मतम पाउनु भएको छ । काठमाडौं महानगरपालिकामा उपमेयरमा ३० जना उम्मेदवार रहेका छन ।

काठमाडौंको उपमेयरका लागि स्वतन्त्र उम्मेदवारका रुपमा बिद्या श्रेष्ठ महर्जन, वेन्जी सिंह महर्जन, क्रिती कंसाकार, रिङ्कू श्रेष्ठ, रमेशप्रसाद जोशी, राजेन्द्र खड्गी, राजेश शाही, मोहनकृष्ण श्रेष्ठ, कृष्ण तण्डुकार, उमा गुरुङ, संगीता आचार्य, गुणबहादुर बञ्जरा श्रेत्री, बिश्वबिजय श्रेष्ठ, सानु महर्जन, आशिष महर्जन, आशिष महर्जन, रन्जन डंगोल, सहेम खड्गी, जुगल तण्डुकार, रबि नोपित, अम्बरबहादुर खत्री र नरेन्द्रमान डंगोल उम्मेदवार हुनुहुन्छ ।

यसैगरी नेपाल मजदुर किसान पार्टीकी सविता श्रेष्ठ, नेपाल सुशासन पार्टीका पुष्पा खरेल, नेपाली कांग्रेस बिपीका इन्दिरा अधिकारी थापा र नेपाल जनता दलका बन्दना बज्राचार्य, मौलिक जरोकिलो पार्टीका कल्पना ओझा उपमेयरका उम्मेदवार हुनुहुन्छ ।